साउदी अरब, ३० पुस । पछिल्लो समय साउदी अरब र इरानबीच बढेको तनावलाई लिएर केही नेपाली अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत नेपाली कामदारलाई त्रसित र आतङ्कित पार्ने गरी फैलाइएको हल्लाको पछि नलाग्न रियादस्थित रहेको नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गरी यस्ता भ्रामक हल्लाका कारण साउदी अरबमा कार्यरत नेपाली कामदारमा…