मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्तरी गोरखाको केरौँजामा भीषण पहिरो खस्दा भूकम्पपीडित विस्थापित

उत्तरी गोरखाको केरौँजामा भीषण पहिरो खस्दा भूकम्पपीडित विस्थापित


गोरखा । गाउँको तलमाथि दुवैतर्फबाट निरन्तर पहिरो खसेपछि उत्तरी गोरखाको केरौँजा गाविस १, २, ३ र ४ वडाका १३ वटा टहराका भूकम्पपीडित विस्थापित भएका छन् । 
 
ऋण खोजेर बनाएको टहरा बुधबार झरेको ठूलो पहिरोले पुरिएपछि विस्थापित भएका केरौँजावासी सुरक्षित ठाउँको खोजीमा प्रप्चेत जङ्गलको खुल्ला चौरमा गएको रात बिताएका छन् । 
 
गाउँमाथिको रानीवनडाँडा र तलको विक टोलमा पहिरो झरेपछि थप टहरा पुर्ने त्रासले गाउँले सुरक्षित ठाउँको खोजीमा छन् । पूर्वगाविस अध्यक्ष सुकबहादुर गुरुङका अनुसार गाउँमाथिको रानीवनडाँडा र वडा नं २ को पुछारगाउँ, विकटोलमा ठूलो पहिरो खसेको हो । मङ्गलबार रातिदेखि आज बिहानसम्म पहिरो खसिरहेको उहाँको भनाइ छ । 
 
गाउँको तलमाथि दुवै भागबाट पहिरो झरेपछि ४७५ वटा भूकम्पपीडितका टहरा पहिरोको उच्च जोखिममा रहेको छ । गतवर्ष असार ११ र भदौ ५ गते झरेको ठूलो पहिरोमा यस वर्ष पनि पहिरो थपिएको हो । गत वर्ष झरेको पहिरोले वडा नं ४ का १३७ टहरा बगाएपछि गाउँले वडा नं १ को अर्काको जग्गामा बस्दै आएका थिए । यो बर्खामा झरेको पहिरोले वडा नं १ का टहरामा पनि क्षति पु¥याएपछि उनीहरु घरबारविहीन भएका हुन् । 
 
बुधबारको पहिरोले वडा नं ४ का सार्की गुरुङ, मनमाया गुरुङ, सौभार गुरुङ, प्रेमे गुरुङको टहरामा क्षति पु¥याएको छ । यस्तै वडा नं २ का विरेन गुरुङ, काजी गुरुङ, कान्छा गुरुङ, आइते विक, थाम्नी गुरुङ, थाम्मरानी गुरुङ र राजबहादुर गुरुङको घर ९टहरा०मा पूर्ण रुपमा क्षति पु¥याएपछि उनीहरु विस्थापित भएका हुन् । “केहीबेर पानी थपियो भने ३३२ वटा घर पहिरोले लैजान्छ” गुरुङले भन्नुभयो – “पुछारगाउँ लततत बगेको छ ।” केरौँजाबेँसीको ३२ वटा टहरा पहिरोको जोखिममा रहेको गुरुङको भनाइ छ । 
 
गएराति जङ्गलको खुल्ला चौरमा बास बसेका पीडितहरु आज बिहान गाउँ फर्किएका छन् । उनीहरुले सुरक्षित जग्गाको खोजी गर्दै नयाँ टहरा बनाउन सुरु गरेका छन् । आलोपालो गरी पहिरोपीडितले गाउँलेको सहयोगमा टहरा बनाउन सुरु गरेको गुरुङले बताउनुभयो । केरौँजा–१ को स्वास्थ्य चौकीको भवन रहेको क्षेत्रमाथिका जग्गामा पहिरोपीडित राममाया गुरुङ, आइतमाया गुरुङ, मेनिङ गुरुङ, टेकबहादुर गुरुङको टहरा निर्माणको काम भइरहेको छ । 
 
“च्यातिएको त्रिपालले छाएर टहरा बनाउँदैछौँ”, गुरुङले भन्नुभयो – “सिडियोले नयाँ त्रिपाल पठाउँछु भन्नुभएको थियो, पठाउनुभएन ।” गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट हेलिकप्टरमार्फत बुधबार पहिरो प्रभावित केरौँजा र उहियास्थित खोर्लाबेसी गाउँ पुगेर सदरमुकाम फर्किनुभएको हो । जिल्ला दैवी प्रकोप उद्धार समितिको बुधबारको बैठकले पनि पहिरोपीडित केरौँजावासी तथा खोर्लाबेसीवासीलाई तत्कालै राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको थियो । 
 
केरौँजाका पहिरोपीडितलाई पिपुल इन निड ९पिन० नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले त्रिपाल र टहरो निर्माणमा प्रयोग हुने औजारहरु वितरण गरेको छ । किलाकाँटी, गल, साबेललगायत सामग्री वितरण गरिएको हो । “सरकारले हामीलाई सुरक्षित ठाउँमा सार्नुपर्छ” पहिरोपीडित सानु घलेले भन्नुभयो – “पहिरो खसिरहेको यो ठाउँमा कसरी बस्ने रु कतिञ्जेल बस्ने रु” सरकारले घर बनाउन रु दुई लाख अनुदान रकम दिनुभन्दा पहिले आफूहरुलाई सुरक्षित ठाउँ खोजेर सार्न केरौंजावासीले माग गरेका छन् । 
 
प्रजिअ नारायणप्रसाद भट्टले पहिरोपीडित केरौंजा तथा खोर्लावासीलाई तत्कालै अन्यत्र सार्न नसकिने बताउँदै सुरक्षित ठाउँमा सरेर टहरो बनाउन आग्रह गरिएको बताउनुभयो । “गाउँ नै सुरक्षित ठाउँमा सानुपर्ने देखिन्छ । तर, तत्कालका लागि सुरक्षित ठाउँमा टहरो बनाउन पीडितलाई आवश्यक पर्ने त्रिपाललगायत सामग्री दिन्छौँ” प्रजिअ भट्टले भन्नुभयो । रासस