कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी– नगरपालिका– ५ खजुवाका ३० वर्षीय गोविन्द साउदको सर्पले डसेर मृत्यु भएको छ ।
दुई दिनअघि सर्पले डसेकोमा साउदको उपचारका क्रममा मंगलबार बाँकेको कोहलपुरस्थित अस्पतालमा मृत्यु भएको हो ।
सर्पले डसेका साउदलाई तत्कालै उपचार केन्द्र अर्जुनीमा लगिए पनि एन्टिस्नेक भेनम नहुँदा उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर लगिएको स्थानीय शिबी लुहारले बताए ।
ढिलो गरी अस्पतालमा पु¥याउँदा उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । रासस
प्रतिक्रिया