मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भीरबाट लडेर ८१ वर्षीय वृद्धको मृत्यु

भीरबाट लडेर ८१ वर्षीय वृद्धको मृत्यु


पाँचथर । पाँचथरको रानिटार–१ स्थित नाम्दु खोला भीरबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा रानीटार–१ का ८१ वर्षीय सार्कीमान राई रहेका छन् । घाँस काट्न भनी हिँडेका उनी अबेरसम्म पनि घर नफर्केपछि बिहीबार बेलुकामात्रै स्थानीयले शव फेला पारेका थिए । शव परीक्षणको लागि अहिले जिल्ला अस्पताल पाँचथरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए । 
 
सिटी रिक्साको ठक्करबाट मृत्यु
यसैबीच, मोरङको विराटनगर–१९ स्थित भट्टिमोडमा सिटी रिक्साको ठक्करबाट घाइते भएका ४८ वर्षीय नारायण महतको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको छ । गत असार ८ गते पैदल हिँड्दै गरेका महतलाई को १ ह ३४७२ नम्बरको सिटी रिक्साले ठक्कर दिएको थियो ।
 
ठक्करबाट गम्भीर घाइते भएका महतको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा राति १०ः४० बजे मृत्यु भएको हो । ठक्कर दिने सिटी रिक्साका चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ । रासस