बलात्कार भन्नासाथ दुई विपरीत लिंगीबीच जबरजस्ती हुने सम्पर्क हो भन्ने आमबुझाइ छ । तर सर्वोच्च अदालतको एक फैसला भने यसको ठिक विपरीत छ ।
आधुनिक समाजमा समलैङ्गिक सम्बन्ध हुने भए पनि महिलाले महिलालाई जबर्जस्ती गर्न सक्छन् भन्ने सर्वोच्चको फैसलापछि विश्वास गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले केही महिना पहिला गरेको एक फैसलामा महिलाले महिलालाई बलात्कार गर्न सक्ने भनी दोषी ठहर गर्ने नजिर कायम गरेको छ ।
संखुवासभा जिल्लाको एक जवरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतले स्थापित गरेको नजिरले महिलाले महिलालाई बलत्कार गर्न सक्ने तथ्यलाई स्वीकार गरी फैसला सुनाएको हो । न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र सपना मल्ल प्रधानको इजलाशले भदौ १६ गते गरेको फैसलाले न्यायिक इतिहासमा नयाँ नजिर निर्माण गरेको हो ।
हालसम्म बलात्कारका मुद्दामा पुरुषले महिलालाई बलात्कार गर्ने र यदाकदा महिलाले पुरुषलाई गर्ने सुनिएको थियो । संखुवासभा जिल्ला अदालतवाट सुरु भएको मानव बेचविखन तथा ओसारपसार, जवरजस्ती करणी सम्बन्धी मुद्दा धनकुटा पुनरावेदन अदालत हुँदै सर्वोच्च आइपुगेपछि यस्तो नजिर कायम भएको हो ।
‘प्राकृतिक रुपमा यौन सम्बन्ध एउटा आयाम हो, जहाँ स्वेच्छा वा सहमति विना जवरजस्ती करणीमा अपराध केन्द्रित हुन्छ, विपरित लिङ्गबीच असहमति र नावालकसँग सहमतिको सम्बन्धलाई अपराधको दायरामा ल्याइन्छ’, सर्वोच्चको फैसलामा भनिएको छ, ‘तर आज प्रविधिको विकाससँगै यौनलाई वस्तुकरण गर्ने गराउने स्थिति आएको छ, यहाँ पुरुषले महिलालाई बलत्कार गर्ने भन्दा माथि महिलाले आफ्नो लिंग र पहिचान ढाँटी कृत्रिम यौन साधनको प्रयोग गरी नाबालिकाको शरीर विरुद्ध हिंसा गरिएको देखिन्छ।’ यस्तो क्रिया कानुन, व्यवहार र न्यायको दृष्टिमा सह्य नहुने अपराधजन्य कार्य हुँदा पुनरावेदन अदालत धनकुटाको फैसला सदर हुने सर्वोच्चको पूर्णपाठमा उल्लेख छ । फौजदारी विधिशास्त्रमा नेपालका लागि सर्वोच्चको यो आदेश ऐतिहासिक हुने देखिन्छ ।
शेर्पाले दुईपटक करणी गरेको भनी जाहेरी दरखास्तमा उल्लेख भएको र भोलिपल्ट पक्राउ परी शरीरको खानतलासी हुँदा शरीरबाट पेन्टीमा बाँधेको अवस्थामा ७ इन्च लम्बाइ र ५।५ इन्च गोलाइ नाप भएको कृत्रिम लिंग बरामद भएको सर्वोच्चको ठहर खण्डमा उल्लेख छ। अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमासमेत आफूले पेन्टीभित्र लुकाएर राखेको कृत्रिम लिंगको प्रयोग गरी पीडितको योनीभित्र दुई–तीन पटक तलमाथि गरिदिएको स्वीकार गरेकाले अभियोग पुष्टि हुने सर्वोच्चको पूर्णपाठमा उल्लेख छ ।
संखुवासभा जिल्लाको एक जवरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतले स्थापित गरेको नजिरले महिलाले महिलालाई बलत्कार गर्न सक्ने तथ्यलाई स्वीकार गरी फैसला सुनाएको हो ।
पीडित स्वयमंले दिएको जाहेरी, मौकामा गरेको बयान तथा अदालत समेतमा बकपत्र गर्दा शेर्पाले आफूलाई करणी गरेको हो भनी किटान गरेको समेतबाट पुष्टि भएको सर्वोच्चको फैसलामा उल्लेख छ। पीडितको योनी वरिपरी घाउचोट नभएको तथा वीर्य स्खलन भएको नदेखिएको भन्ने आधारमा मात्र जबर्जस्ती करणी भएको थिएन भनी भन्न नमिल्दैन सर्वोच्चको फैसलामा उल्लेख छ।
‘लैंगिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ बाट संशोधन हुनुपूर्व सर्वोच्चको फैसलामा उल्लेख छ। जबर्जस्ती करणी लोग्ने मानिसले स्वास्नी मानिसको विरुद्धमा गर्ने, गराउने र गर्न सक्ने अपराधको रुपमा राखेकोमा सच्चाउनु पर्ने सर्वोच्चको फैसलामा उल्लेख छ। ‘लोग्ने मानिसले स्वास्नी मानिसको विरुद्धमा गर्ने अपराध भनी प्रस्ट उल्लेख गरी कानुनी व्यवस्था भएकोमा उक्त संशोधनले यसको दायरालाई फराकिलो बनाउँदै कसैले भन्ने शब्दको प्रयोग गरेको अवस्थामा जबर्जस्ती करणीको पीडक केवल पुरुष मात्र हुन्छ भन्ने उक्त व्यवस्थाको मनसाय हुने देखिँदैन’, सर्वोच्चको फैसलामा भनिएको छ, ‘केवल पुरुष मात्र पीडक हुने भन्ने विधायिकाको मनसाय हुन्थ्यो त उक्त संशोधनको आवश्यकतानै पर्ने थिएन ।’
यस्तो छ घटना
संखुवासभा मत्स्यपोखरी गाविसका लाक्पा शेर्पाले केटाको रुपमा अजय जिमीको नाममा फोन गरी कुराकानी हुन थालेपछि यो घटना सुरुवात भएको देखिन्छ । फोनमै उनले आफू गाडी चलाउने भन्दै दैनिक रुपमा कुराकानी हुन थालेपछि उनीहरुको चिनजान भएको देन्खिन्छ ।
दैनिक रुपमा केटाको आवरणमा यमुना राई ९नाम परिर्वतन०लाई फोन गरेपछि उनीहरुका बीचमा प्रेम सम्वन्ध सुरु हुन्छ। परिचय लुकाएर अजयको रुपमा रहेका शेर्पाले फोनपछि उनीसँग जीवन बिताउने योजना बनाउनँछन् । त्यसलाई सार्थक रुप दिन प्रेमिकाको सल्लाहमै अजय जिमी प्रेमिका भेट्न मोरङको उर्लाबारीबाट संखुवासभाको सेदुवा प्रेमिकको घर पुग्दछन् । प्रेमिका भेट्ने अजयले साथमा मामाका छोरा सागरलाई पनि साथै लगेका थिए।
पूर्वनिर्धारित योजनाअनुसार सेदुवा स्कुल पुगेपछि अजयले प्रेमिकालाई फोन गरी बोलाउँछन्। र उनीहरु यमुनाको मामाघर पुग्दछन् । सबैले रातिको खाना खाएपछि अजय र सागरका लागि अलग्गै सुत्ने व्यवस्था मिलाइन्छ । रातको अन्दाजी १० बजे घरधन्दा सकेर उनी सुत्ने तरखरमा रहेकी यमुनालाई मोबाइलमा म्यासेज आउँदछ । ‘एक छिन मसँग आऊ न, गफ गरौं,’ भन्ने म्यासेज आएपछि उनी प्रेमिलाई भेट्न उनको रुममा जान्छिन् । उनीहरु बीचमा विवाह गर्ने र आगामी जिन्दगी बिताउने विषयमा गफ हुन्छ । गफकै क्रममा अजयले यमुनालाई लिन आएको बिवाह गर्ने प्रस्ताव राख्दछन् । भागेर नभई घरबाट दिएमा आफू बिहे परीक्षापछि मात्र गर्ने कुरा उनले अजयलाई बताउँछिन् ।
परीक्षा सकेपछि विवाह गर्ने उनको सोचाइमा अजयले प्रतिरोध गर्दैनन् । अजयलेसँगै सुत्न उनलाई आग्रह गर्छन् । बिहे गर्ने सुरमा घरमा कुरा गर्न आएको प्रेमीले प्रस्ताव राखेपछि यमुनाले अस्वीकार गर्न सकिनन् । अजय र यमुनाबीच दुई पटक शारीरिक सम्वन्ध स्थापित हुन्छ र विहान ३ बजे उठेर उनी आफ्नो ओछ्यानमा जान्छिन् । २०६७ फागुन २२ गते घरमा छोरी माग्न आएका आफन्तको बारेमा कुराकानी हुन थाल्छ ।
त्यसक्रममा गाउँका बुद्धिमान राई, दिलबहादुर राईसमेत आई अजयलाई घरपरिवार र पेसाबारे सोधपुछ गरी जानकारी लिने कार्य गर्छन् । तर, यमुनाकी छ्यामा ९सानिमा० सुकमाया राईलाई अजयको जवाफ अप्राकृतिक लागिरहेको थियो। उनले अजय केटा मान्छे भएकोप्रति प्रश्न उठाइन् । उपस्थित अरुले त्यसमा विश्वास गरेनन् । अन्ततः उनीहरु चिकित्सकीय छानबिन गर्ने निष्कर्षमा पुग्दछन् । तर अजय र सागरले उक्त केटी भएको कुरा इन्कार गर्छन् । अजयको शारीरिक परीक्षण गर्ने भन्दै घरगाउँलेले २०६७ फागुन २७ जिल्ला प्रहरी कार्यालय संखुवासभामा उजुरी दर्ता गराउँछन् । प्रेमिका यमुना नै जाहेरवाला हुँदै अजयको शारीरिक परिक्षण तथा जवरजस्ती करणी र वेचविखनमा उजुरी दर्ता गरियो । अजय भनिने लाक्पा शेर्पाले कृत्रिम लिंग प्रयोग गरी आफूमाथि बलात्कार ९करणी० गरेको दाबी उनको उजुरीमा गरियो ।
उजुरीमा अजय राईलाई चेक गर्दा पेन्टीमा नक्कली ९कृत्रिम० लिंगसमेत लुकाई राखेको अवस्थामा फेला परेको दाबी गरियो । सोही लिंगबाट राति करणी भएको हुन सक्ने र नाम, थर, वतन समेत ढाँटी मलाई वेश्यावृतिमा लगाउने, शोषण गर्ने उद्देश्यले कार्य गरेको उजुरीमा भनियो । जालसाज गरी प्रपञ्च मिलाई झुक्याई केटा हुँ भनी कँही कतै लगी बेचविखन गर्ने उद्देश्य रहेको हुँदा उल्लेखित प्रतिवादी अजय शेर्पा र निजका सहयोगी सागर शेर्पालाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनअन्तर्गत हदैसम्मको सजाय गर्न यमुनाको उजुरीमा माग गरियो ।
अनौठो जाहेरी आए पनि प्रहरीले अनुसन्धान अघि बढायो। प्रहरीले परिक्षण गराउँदा उनको जाहेरी सही प्रमाणित भयो । फोनबाट शुरु भएको चिनजान प्रेम हुँदै एकाएक नावालिका करणी महिलाले महिला नै गरेको प्रमाणित भयो ।
जाहेरीअनुसार प्रहरीले अनुसन्धान गरी प्रारम्भिक प्रतिवेदन सरकारी वकिललाई पठायो । सरकारी वकिलको राय अनुसार लाक्पालाई जबर्जस्ती करणीसँगै मानव बेचबिखनमा पनि मुद्दा जिल्ला अदालत संखुवासभामा दर्ता गरियो । लाक्पाले प्रहरी र अदालतलाई तीन–चार महिनादेखि आफैँलाई प्रयोग गरिरहेको कृत्रिम लिंग प्रयोग गरेर सम्बन्ध राखेकी बयान दिए ।
आफू महिला भएको उनले अदालतमा स्वीकार गरे। सुरुदेखि नै केटा भनेर प्रेम सम्बन्ध कायम राखेकोले यस्तो गरेको उनले बताए । अदालतले अभियोग दाबी बमोजिम मुलुकी ऐन जबर्जस्ती करणीको १ र ३ ९३० महलअनुसार कसुर ठहर ग¥यो। अदालतले लाक्पालाई पीडक ठहर गर्दै ६ वर्ष कैद र घटनामा उपस्थित सागरलाई ५ वर्ष कैद हुने आदेश सुनायो । अदालतको आदेशानुसार पीडितलाई ५० हजार क्षतिपूर्ति पाउने फैसला पनि अदालतले सुनायो । संखुवासभा जिल्ला अदालतको आदेशमा दुवै पक्षले पुनरावेदन दर्ता गरे । पुनरावेदन पत्रमा सुनुवाइ गर्दै तत्कालीन पुनरावेदन अदालत धनकुटाले लाक्पालाई ‘अप्राकृतिक मैथुन’ आकर्षित गरेर जिल्लाको फैसला सदर हुने फैसला सुनायो ।
संखुवासभा जिल्ला अदालतले लाक्पा र सागरलाई २०६९ असार २० गते दोषी ठहर गर्ने फैसला मिलेको भन्दै पुनरावेदनले केही सदर गर्दै लाक्पालाई सात वर्ष सजाय हुने फैसला सुनायो । घटनामासँगै रहेको भए पनि सागरको संलग्नता नदेखिएको भन्दै पूनरावेदनले उनलाई सफाई दियो। पुनरावेदन तहले लाक्पालाई सुरु तहभन्दा एक वर्ष बढी कैद र सागरलाई सफाइ दिएपछि उनीहरु पुन सर्वोच्च गए ।
सर्वोच्चमा पेश भएको मुद्दा न्यायाधीशमात्र होइन, इजलास अधिकृत र फाँटवालाबीच पनि रोचक बन्न पुग्यो । सर्वोच्चमा आइपुग्दा महिलाले महिलामाथि बलात्कार गर्ने अवस्था रहन्छ वा रहँदैन ? विद्यमान नेपाल कानुनमा यस्तो ठाउँ छ वा छैन रु भन्ने प्रश्न उठेको थियो । सर्वोच्चले त्यसलाई निराकरण गर्दै बलात्कार हुने ठहरसहित फैसला सुनाएको हो । #एजेन्सीको सहयोगमा
प्रतिक्रिया