एक महिनादेखि बेपत्ता भएका गाविस सचिव घरमै भेटिए

पाँचथर । जिल्लाको दक्षिणी गाविस हाङ्गुमका सचिव केशव निरौला बेपत्ता भएको भनेर सबै खोजीमा जुटिरहेका बेला उनी आफ्नै घरमा फेला परेका छन् ।   ३२ दिनदेखि सम्पर्कविहीन बनेका निरौलाको खोजी गर्दैजाँदा घरमा मस्ती गरेर बसेको अवस्थामा फेला परेका हुन् । गाविस कार्यालयमा बिदासमेत नलेखेर एकाएक हराएका निरौलाका कारण स्थानीयले एक महिनादेखि सास्ती बेहोर्नु परेको थियो…