नेपाल

विमानस्थलबाट साढे ३३ किलो सुनकाण्डमा वरिष्ठ प्रहरी उपरीक्षक खत्री पक्राउ

विमानस्थलबाट साढे ३३ किलो सुनकाण्डमा वरिष्ठ प्रहरी उपरीक्षक खत्री पक्राउ


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन भन्सार छलेर भित्र्याइएकोे घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री पक्राउ परेका छन् । 
 
खत्रीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले प्रहरी प्रधान कार्यालयबाट आइतबार दिउँसो पक्राउ गरेको हो । विमानस्थलमा कार्यरत खत्रीलाई सुनकाण्डपछि प्रधान कार्यालयमा तानिएको थियो । 
 
सुनकाण्डमा पक्राउ परेकाको बयानका आधारमा तस्करीमा खत्रीकोे संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । 
 
विमानस्थलको जाँच छलेर गौशाला पु¥याएको अवस्थामा ब्यूरोको टोलीले सो सुनसहित गत पुस २१ गते तीन जनालाई पक्राउ गरेको थियो । सुनसहित मोरङका दिलबन्धु थापा, जनकपुरका सन्तोष काफ्ले र बाँकेका गोपालबहादुर शाही पक्राउ परेका थिए । 
 
अनुसन्धानकै क्रममा भन्सारका कर्मचारी श्रीनारायण यादव र राज भन्ने राजकुमार ढकाललाई समेत यसअघि प्रहरीले पक्राउ गरिसकेको छ । रासस