मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निर्वाचनको वातावरण नमिलाए देशले निकास पाउँदैन : डा भट्टराई

निर्वाचनको वातावरण नमिलाए देशले निकास पाउँदैन : डा भट्टराई


याँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रमुख राजनीतिक दलहरुले दलीय तथा व्यक्तिगत स्वार्थलाई छाडेर निर्वाचनको वातावरण नमिलाएसम्म देशले निकास पाउन नसक्ने बताएका छन् ।
 
भरतपुरमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता डा भट्टराईले भने, ‘देशले निकास पाउनका लागि सबै दलका नेताहरुले दलीय स्वार्थ र व्यक्तिगत स्वार्थलाई त्याग्न सक्नुपर्छ । त्यसैले यी सबै कुरा छाडेर सहमतिय निर्वाचनमा जान सके देशले निकास पाउन सक्छ ।’
 
सरकारले एकवर्षभित्रै तीनतहको निर्वाचन गरिसक्नुपर्ने भन्दै डा भट्टराईले छिटोभन्दा छिटो असन्तुष्ट पक्षलाई पनि समेटेर सहमतिमा ल्याउनुपर्ने बताए । ‘असन्तुष्ट पक्षलाई पनि समेटेर उनीहरुको सहमतिमा संविधान संशोधन गर्नुपर्छ,’ उनले भने, ‘संविधान जारी गरेर पनि सबै दलहरुलाई सन्तुष्टि दिलाउन नसक्दा अहिलेसम्म कार्यान्वयन हुन नसकेको हो ।’
 
जारी भएको संविधान संशोधनका लागि असन्तुष्ट पक्षले पनि सामान्य कुरामा अत्तो थाप्न नहुने उनले बताए । ‘एकले अर्कोलाई यो यस्तो र त्यो त्यस्तो भनेर कसैलाई आरोप लगाउनुभन्दा पनि सबै दल तथा नेताहरु गम्भीर र जिम्मेवार बन्नुपर्छ,’ उनले भने । 
 
सबै कुरा वार्ता र सम्वादबाटै टुंग्याउन सक्ने हुँदा दुवैपक्षलाई राखेर बार्ताबाटै उचित निर्णय निकाल्न सकिने उनले बताए ।

शेयर गर्नुहोस:

0
Shares