मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जीवनको महत्व बुझाउँदै ट्राफिक प्रहरी

जीवनको महत्व बुझाउँदै ट्राफिक प्रहरी


चितवन । ‘छिटो गए भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ ।’ यो भनाइ पछिल्लो समय झनै सार्थक बन्दै गइरहेको छ । 
 
तीव्र गतिमा गाडी चलाउँदा छिनभरमै मृत्युको मुखमा पुग्ने खतरा हुन्छ । त्यसैले तीव्र गतिमा यात्रा गर्दा हुने जीवन क्षतिबारे जानकारी गराउन चितवनमा ट्राफिक प्रहरीले नयाँ अभियान थालेको छ ।
 
जिल्लामा दैनिकजसो हुने दुर्घटनाको मुख्य कारण गाडी चालक रहने अध्ययनले देखाएपछि ट्राफिक प्रहरीले चालकलक्षित गरी नयाँ अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अहिले दैनिकजसो जिल्लाका विभिन्न क्षेत्रमा चालकलाई प्रत्यक्ष शिक्षा पुग्ने गरी ‘चालकसँग एक मिनेट’ अभियान सञ्चालन भइरहेको छ । 
 
एकै छिनको हतार र एउटै व्यक्तिको लापरवाहीले ठूलो धनजनको क्षति हुने बारे गाडी चालकलाई जानकारी दिन थालिएको हो । ‘कुल दुर्घटनाको ७० प्रतिशत जति चालकको चरम लापरवाही नै कारणका रुपमा देखिएपछि उनीहरुलाई नै लक्षित गरी अभियान थालेका हौं,’ प्रनि पन्तले भने । 
 
गाडी रोकेर चालकसँग एक मिनेटको मात्र समय लिई सुरक्षित यात्रा, ट्राफिक चिन्हको जानकारी, सडकको अवस्था, जीवनको मह¤वलगायत विषयमा जानकारी दिने गरिएको उनले बताए । ट्राफिक ज्ञानका लागि विद्यालय, क्याम्पस, समूह, टोलमा गई सचेतनामूलक कार्यक्रम आयोजना गरी जानकारी दिने गरिएको प्रनि पन्तले बताए ।
 
ट्राफिक प्रहरी नायव निरीक्षक कृष्णबहादुर ठकुरीले बढ्दो गाडी दुर्घटना कम गर्न चेतनाका कार्यक्रमसँगै अन्य काम पनि भइरहेको बताए । पछिल्लो समय अत्यधिक गाडी दुर्घटना हुने नारायणगढ–मुग्लिन सडक खण्डका ३८ वटा उच्च जोखिमयुक्त ठाउँमा पर्खाल लगाउने, जानकारी बोर्ड राख्ने, ट्राफिक चिन्ह राख्ने, बार हाल्ने काम भएको प्रनानि ठकुरीले बताए । 
 
साथै उनले रातको समयमा हुन सक्ने दुर्घटना नियन्त्रणका लागि रिफ्लेक्टर ९टल्कने वस्तु० गाडीमा टाँस्ने काम भइरहेको जानकारी दिए । ट्राफिक प्रहरीले दैनिक कार्यालयमै सवारी नियम उलंघन गरी कारबाही गरिएकाहरुलाई पनि ट्राफिक शिक्षा दिँदै आएको छ ।