काठमाडौं । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालको भूराजनीतिक अवस्था दुई ढुङ्गाबीचको तरुलबाट तीन ढुङ्गाबीचको तरुलमा परिणत भएको बताएका छन् । शनिबार नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको कार्यक्रममा श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि र नेपाली सेनाले एसपीपीको लागि सम्झौता अगाडि बढाएपछि नेपालको भूराजनीतिक अवस्था थप संवेदनशील बनेको बताए । उनले भने, ‘साथीहरु पृथ्वीनारायण शाहलाई उदृत…