राजनीति-समाज

बागमतीमा मन्त्री बनेका तीन सांसद्लाई राप्रपाले सोध्यो स्पष्टीकरण

बागमतीमा मन्त्री बनेका तीन सांसद्लाई राप्रपाले सोध्यो स्पष्टीकरण


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसद्लाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहितकाके स्पष्टीकरण सोधेको छ। प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा एमाले र नेकपाको गठबन्धन सरकारमा सहभागी नहुने पार्टी निर्णयलाई उल्लङ्घन गरेको विषय स्मरण गराइएको छ ।

राप्रपाले यसअघि बागमती प्रदेश सभा संसदीय दलका नेता उद्धव थापालाई पार्टी साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ।

Advertisement

उनैले आफ्नो व्यक्तिगत लेटरप्याड प्याड प्रयोग गरी सरकारलाई समर्थन रहेको बताएका थिए । सोहीआधारमा एमाले र नेकपाको सरकारमा मुख्यमन्त्री बनेका किरण थापाले राप्रपाका तीन सांसद्लाई मन्त्री बनाएका थिए ।

‘राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेताको निजी लेटरप्याड प्रयोग गरी बागमती सरकारलाई दलको तर्फबाट भनि समर्थन दिएको कारण प्रदेश सभा सदस्य उद्धब थापाको पार्टी सदस्यता निलम्बन र प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको विषय जानकारी हुँदाहुँदै पार्टी निर्णय र निर्देशनविपरीत प्रदेश सरकारको मन्त्री पदको सपथ ग्रहण गरेका तीन सांसद्हरु राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिले निजहरुलाई किन कारबाही नगर्ने भनि १२ घन्टाभित्र स्पष्टीकरण पेस गर्न समय दिएको छ,’ राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।