राजनीति-समाज

सीमावासीलाई दुःख दिँदैनौँ, तस्करविरुद्ध निर्मम हुन्छौँ : अर्थमन्त्री वाग्ले

सीमावासीलाई दुःख दिँदैनौँ, तस्करविरुद्ध निर्मम हुन्छौँ : अर्थमन्त्री वाग्ले


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घरायसी प्रयोजनका सामान्य सामान ल्याउने सीमावर्ती क्षेत्रका नागरिकलाई दुःख नदिने तर संगठित तस्करीविरुद्ध सरकार कठोर रूपमा प्रस्तुत हुने बताएका छन् ।

सीमा क्षेत्रमा लागू भन्सार व्यवस्था र त्यसबाट मधेशका नागरिकमा परेको प्रभावबारे धारणा राख्दै मन्त्री वाग्लेले सर्वसाधारण र तस्करीमा संलग्न व्यक्तिलाई छुट्याएर व्यवहार गर्न सुरक्षा निकायलाई भनिएको जानकारी दिए ।

Advertisement

“सीमा रक्षक मधेशका दाजुभाइ तथा दिदीबहिनीलाई नाकामा कुनै पनि किसिमको दुःख हुन दिँदैनौँ,” उनले भने, “तर तस्करविरुद्ध भने हामी निर्मम छौँ।”

एक सयको सीमा बढाएर पाँच सय

अर्थमन्त्री वाग्लेका अनुसार विदेशबाट एक सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु ल्याउँदा कर लाग्ने व्यवस्था लामो समयदेखि आर्थिक ऐनमा थियो । उक्त व्यवस्था वर्तमान सरकार गठन भएपछि वा प्रधानमन्त्री बालेन्द्र साहको कार्यकालमा सुरु नभएको उनले स्पष्ट पारे ।