काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न आग्रह गरेको छ ।
आयोगले अद्यावधिकका लागि असोज १ गते वेवसाइटमा मतदाता नामावली प्रकाशन गर्दै छ । उक्त मतदाता नामावलीमा रहेका विवरण यथार्थ र अद्यावधिक बनाउन सम्बन्धित मतदाताको समेत महत्त्वपूर्ण भूमिका रहने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई बताउँछन् ।
त्यसैले आवश्यक सूचनासहित सम्वन्धित निर्वाचन कार्यालय वा अनलाइन मार्फत निवेदन दिई सहयोग गर्न उनले विज्ञप्तिमार्फत अनुरोध गरेका छन् ।
मतदाता नामावलीमा आफ्नो नाम, थर, उमेर, ठेगानालगायत विवरणमा भएको त्रुटि सच्याउनुपर्ने भएमा, कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भएमा सूचना दिन भनिएको छ ।
त्यस्तै, कुनै मतदाताको नाम एकभन्दा वढी स्थानमा समावेश रहेको भए एक स्थानमा मात्र कायम गर्न, बसाइँसराइ गरी वा विवाह भई स्थायी ठेगाना परिवर्तन भएको भएमा सोहीबमोजिम मतदाता नामावलीमा ठेगाना अद्यावधिक गर्न आयोगको आग्रह छ ।












प्रतिक्रिया