काठमाडौँ । सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारका विषयमा छानबिन गरिरहेका प्रहरी अधिकारीको सरुवा गरेर भ्रष्टाचारका फाइल खोलेर टुङ्गोमा नपुग्ने गरी बन्द गर्न लागेकामा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सुन काण्डमा गठन हुने उच्चस्तरीय आयोगले प्रतिवेदन संसद्मै पेस गर्ने व्यवस्था गर्न माग गरे । सरकारलाई प्रतिवेदन पेस गर्ने गरी आयोग गठन गरिएमा…