मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

एभरेष्ट क्रेडिट युनियन आक्रामक रुपमा अघि बढ्दै

एभरेष्ट क्रेडिट युनियन आक्रामक रुपमा अघि बढ्दै


ड्यालस (अमेरिका) । अमेरिकामा नेपालीहरुकै लगानीमा स्थापना भएको वित्तिय संस्था एभरेष्ट फेडरेल क्रेडिट युनियनले आइतबार साँझ ड्यालसमा समुदायसँग अन्तरकृया गरेको छ ।

अन्तरकृयाका क्रममा युनियनका संस्थापकहरुले नेपाली समुदायका लागि आवश्यक पर्ने कर्जा उपलव्ध गराउने उद्देश्य राखेर स्थापना गरिएको जानकारी दिए । समुदायका लागि व्यबसाय गर्दा आवश्यक पर्ने रकम, सानो तिनो गर्जो टार्ने रकमका लागि अन्यत्र जानु नपरोस् भन्ने ध्येयले युनियन स्थापना गरिएको संस्थापक अध्यक्ष मोहन ज्ञवालीले उल्लेख गरे । त्यस अवसरमा युनियन अबका दिनहरुमा आक्रामक रुपमा सदस्यता विस्तार, कर्जा प्रवाहमा अघि बढ्ने जानकारी समेत दिइएको थियो ।

न्यूयोर्कमा मुख्य कार्यालय रहेको एभरेष्ट फेडरेल क्रेडिट युनियनले गत वर्षदेखि ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको युलेसमा शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ । क्रेडिट युनियनमा राखिएको रकममा बैंकको तुलनामा राम्रा व्याज प्राप्त हुन्छ, रकम वचत गर्दा समुदायका सदस्यलाई फाइदा पुग्नुका साथै युनियनको सदस्य समेत हुन सकिन्छ । ‘हाम्रो समुदायलाई अमेरिकामा दह्रो बनाउने अर्को एउटा प्रयासका रुपमा यो क्रेडिट युनियन हो’ ज्ञवालीले भने ।

युनियनले आउँदो केही वर्षभित्रै १० करोड डलरको पोर्टफोलियो बनाएर गाडीकर्जा, मोर्गेज लोन समेत प्रदान गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रममा संस्थाका बोर्ड अफ डाइरेक्टर मिलन पौडेलले राम्रो व्यवस्थापनका कारण युनियन नाफामा सञ्चालन भैरहेको र नेपालबाट अध्ययनक निम्ति आएका विद्यार्थीहरुलाई कलेजको शुल्क तिर्न, गाडी किन्न कर्जा प्रदान गर्ने गरि कार्यक्रम अघि बढिरहेको जानकारी दिए ।

विराज राज रिजाल

त्यस अवसरमा कोषाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत विराज राज रिजालले युनियनको वित्तिय अवस्था निकै सुखदपूर्ण रहेको उल्लेख गर्दै अमेरिका भरि रहेका नेपालीहरुले मायाँ र विश्वास गर्ने हो भने यसले भविष्यमा बैंकका रुपमा कार्य गर्ने संभावना रहेको समेत बताए । रिजालले निकट भविष्यमै क्रेडिट कार्ड समेत प्रदान गर्ने गरि अघि बढेको जानकारी दिए ।

एभरेष्ट क्रेडिट युनियनमा राखेको रकमका अमेरिकी सरकारले दुईलाख ५० हजार डलरसम्मको बीमा गरेको हुन्छ । त्यसो हुँदा सर्वसाधारणको एक पेनी पनि डुब्ने संभावना नरहेको समेत उनले स्पष्ट पारे ।

अमेरिकामा टेक्सस नेपालीहरुको सबैभन्दा बढी व्यबसाय भएको राज्य हो । टेक्ससका व्यबसायीहरुलाई सदस्य बनाउने र उनीहरुलाई नै आवश्यक पर्ने सानोतिनो कर्जा प्रदान गर्ने र हालसम्मका प्रगतिका बारेमा जानकारी दिनका लागि आइतबार कार्यक्रम आयोजना गरिएको हो ।

समुदायका लागि व्यबसाय गर्दा आवश्यक पर्ने रकम, सानो तिनो गर्जो टार्ने रकमका लागि अन्यत्र जानु नपरोस् भन्ने ध्येयले युनियन स्थापना गरिएको संस्थापक अध्यक्ष मोहन ज्ञवालीले उल्लेख गरे ।

आइतबारको कार्यक्रमममा झण्डै तीन दर्जन नेपालीहरुले कम्तिमा एकहजार पाँचसयदेखि लिएर दुईलाख ५० हजार डलरसम्म क्रेडिट युनियनमा जम्मा गर्ने प्रतिवद्धता जनाएका छन् । टेक्ससका व्यबसायी कबी मैनालीले दुईलाख ५० हजार, राम सी पोखरेल र मिलन पौडेलले जनही एक एक लाख, उदय केसी र गणेश तिमिल्सिनाले जनही ५०/५० हजार, गोकर्ण दाहाल, अर्जुन गजुरेल, कुमार मैनाली, मोहन ज्ञवाली, सहकुल खत्री लगायतले जनही २५/२५ हजार जम्मा गर्ने प्रतिवद्धता जनाएका छन् ।

हालसम्म एभरेष्ट क्रेडिट युनियनमा एकहजार दुईसय सदस्यहरु बनिसकेका छन् । कार्यक्रममा युनियनका संस्थापक तथा बोर्ड अफ डाइरैक्टर राम सी पोखरेलले हाम्रो संस्था भएको, व्याज समेत प्राप्त हुने, आफूलाई आवश्यक पर्दा सहजै ऋण समेत पाइने कारण नेपाली समुदायलाई निर्धक्क भएर लगानी गर्न आव्हान गरेका थिए ।