मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलोराडो   
ग्लोबल   
मुख्य समाचार   

स्व.अर्जुन मैनालीको १३ औं पुन्यतिथिको अवसरमा शोकसभा सम्पन्न

स्व.अर्जुन मैनालीको १३ औं पुन्यतिथिको अवसरमा शोकसभा सम्पन्न

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- Blood Donors of America, BDA तथा International Nepalese Blood Donors Association, INBAD का संस्थापक अध्यक्ष स्व. अर्जुन मैंनालीको १३ औं पुन्यतिथिको अवसरमा शोकसभा सम्पन्न भयो ।

Blood Donors of America, BDA ले आफ्ना संस्थापक अध्यक्ष मैंनालीको असामयिक निधनमा जुम मार्फत श्रद्धाञ्जली दिने कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा BDA का वर्तमान र पुर्व केन्द्रीय पदाधिकारीहरु लगायत राज्य समितिका पदाधिकारी तथा स्वर्गीय मैंनालीलाई नजिकबाट चिन्ने NRNA, INBDA, NASEA, ANMA, ANA सहित अमेरिकामा कार्यरत बिभिन्न नेपाली संस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको थियो । कार्यक्रमको सुरुमा BDA का पुर्व केन्द्रीय सदस्य तथा स्वर्गीय मैंनालीका दाजु (नाताले) एवं मैंनालीको नजिकैको शहरमा बस्ने माधव मैंनालीले घटना भएको दिनदेखि हालसम्मको जानकारी तथा स्वर्गीय मैंनालीको परिवारका सदस्यको हालको स्थितिबारे अवगत गराउँदै श्रद्धाञ्जली प्रकट गरेका थिए । उनका अनुसार परिवार बिस्तारै सामान्य स्थितिमा फर्कंदैछ । साथै उनले BDA का सदस्यहरुबाट उठाइएको सहयोग रकम स्वर्गीय मैंनालाको परिवारलाई हस्तान्तरण गरेको समेत जानकारी शोक सभामा गराएका थिए ।

कार्यक्रममा BDA का अध्यक्ष भुषणलाल श्रेष्ठले उपस्थित महानुभावहरुलाई स्वागत गर्दै स्वर्गीय मैंनालीसँग आफ्नो नेपालदेखिको सहकार्य रहेकोले उनको असामयिक अवसानले आफूलाई भावुक बनाएको र रक्तदानको क्षेत्रमा अपुरणीय क्षति भएको बताए । त्यसैगरी INBAD अध्यक्ष अजय सत्याल, NRNA अमेरिका अध्यक्ष डा. अर्जुन बन्जाडे, ANA अध्यक्ष खगेन्द्र अधिकारी, NASEA अध्यक्ष सुमन सिलवाल, BDA पुर्व अध्यक्ष डा नन्द रेग्मी, पुर्व उपाध्यक्ष डा बिजय कट्टेल, वर्तमान उपाध्यक्ष शारदा श्रेष्ठ लगायत पदाधिकारीहरुले रक्तदानको क्षेत्रमा स्वर्गीय मैंनालीको योगदानको उच्च प्रशंसा गर्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।

शोकसभामा उपस्थित सबैजसो बक्ताहरुले पछिल्लो समय सामाजिक सेवामा लाग्ने ब्यक्तिहरुमा मानसिक बिचलनहरु देखिन थालेकोले BDA लगायत अरु संस्थाहरुले मानसिक स्वास्थ्यको क्षेत्रमा पनि काम गर्नुपर्ने र सामाजिक अभियन्ताले आफ्नो अभियानमा परिवारलाई पनि जोडेर सँगै लानुपर्ने कुरामा बिशेष जोड दिएका BDA का अध्यक्ष भुषणलाल श्रेष्ठले बताएका छन् ।

BDA का उपाध्यक्ष टीका पौडेलद्वारा सञ्चालीत उक्त कार्यक्रमा, BDA का निवर्तमान अध्यक्ष डा लीलाराज दाहालले सहभागिहरुलाई धन्यवाद दिदै, स्वर्गीय मैंनालीसँगको सहकार्यको संस्मरण गर्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनप्रति भावपूर्ण समवेदना प्रकट गरी कार्यक्रम समापनको घोषणा गरेका थिए ।