मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

ज्यान मार्ने उद्योगमा फरार अभियुक्त विश्वकर्मा पक्राउ

ज्यान मार्ने उद्योगमा फरार अभियुक्त विश्वकर्मा पक्राउ

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक अभियुक्तलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०८० कात्तिक २२ काठमाडौँ महानगरपालिका वडा नं १० बानेश्वरस्थित आइप्लेक्स मलनजिक नेपाल उसु महासङ्घका केन्द्रीय अध्यक्ष जनक बर्तौलालाई खुकुरी र रड प्रहार गरेर घाइते बनाई फरार मोरङका ३५ वर्षीय क्रान्ति बराइली भन्ने निलम विश्वकर्मालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बर्तौलालाई धारिलो हतियार (खुकुरी र रड) प्रहार गरी घाइते बनाएको घटनाका मुख्य योजनाकारसमेत रहेका विश्वकर्मालाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले यसअघि उक्त घटनामा संलग्न बाँके कोहलपुरका २४ वर्षीय शेरबहादुर थारु, बाँकेकै २६ वर्षीय आशीष लामिछाने मगर र झापाका ३४ वर्षीय कैलाश भन्ने टेकबहादुर प्रधानलाई पक्राउ गरेर प्रहरी वृत्त बानेश्वरबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता अधिकारीले बताए ।

पक्राउ विश्वकर्माले बर्तौलालाई कुटपिट गर्नका लागि शेरबहादुर थारुलाई रु ५० हजार र टेकबहादुर प्रधानलाई रु दुई लाख दिएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका विश्वकर्मालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।