अभियानका रुपमा मेला–महोत्सव आयोजना हुनु अर्थतन्त्र सुधारको सङ्केत हो : प्रधानमन्त्री

अर्घाखाँची । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो वर्ष निजी क्षेत्र सङ्कटमा रहेकामा यस वर्ष क्रमशः सुधार आई उद्यमी व्यवसायीमा उत्साह सञ्चार भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आज आयोजित ‘आर्थिक विकास, पर्यटन प्रवर्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवर्धन कार्यक्रम’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अघिल्लो वर्ष आर्थिक सङ्कटका कारण सार्वजनिक मेला–महोत्सव विरलै हुने…