मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

नयाँ पुस्तालाई सम्पन्न कर्णाली हस्तान्तरण गर्छौं : उपप्रधानमन्त्री खड्का

नयाँ पुस्तालाई सम्पन्न कर्णाली हस्तान्तरण गर्छौं : उपप्रधानमन्त्री खड्का

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले एक दशकमा नयाँ पुस्तालाई सम्पन्न कर्णाली हस्तान्तरण गर्ने बताएका छन् ।

नरहरिनाथ गाउँपालिका–१ कालीकोटस्थित सुनथराली विमानस्थलको आज औपचारिक उद्घाटन गर्दै रक्षामन्त्री खड्काले प्राकृतिक, धार्मिक, सांस्कृतिक र पर्यटनको सम्भावना र अवसरका हिसाबले सात प्रदेशभन्दा कर्णाली धेरै माथि भएको बताए । उनले दलका झण्डा फरक–फरक भएपनि कर्णालीको विकासको झण्डा एउटै हुनुपर्नेमा जोड दिए।

उपप्रधानमन्त्री खड्काले भने, “कर्णाली सात प्रदेशभन्दा फरक विशेषता बोकेको छ । यसको विकासमा सबै सरकारको भूमिका प्रभावकारी बनाउन जनताको उन्नति र प्रगतिका लागि सबै दल एकाकार हुनुपर्दछ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलविद्युत र जडिबुटीको विकास गरी यहाँको आर्थिक समृद्धिका लागि सबै दल साझा सोचका साथ अगाडि बढ्नुपर्छ ।”

सातै प्रदेश भन्दा सम्पन्न प्रदेश बनाएर अबको १० देखि १५ वर्षभित्र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भन्दै उहाँले यहाँको विद्युत उत्पादनका लागि ठूला आयोजना अगाडि बढाइएको जनाए ।

निर्वाचनका बेला गठबन्धन दलको नेतृत्व गरेर प्रधानमन्त्री प्रचण्ड र आफू आएर गरेका वाचा जनताका अघि पुरा भएको बताउँदै उनले भने, “वाचा गरेको काम सम्पन्न भएको सन्देश दिन आएका हौँ । अब प्रत्येक हप्ता कालीकोटबाट प्रदेश राजधानी सुर्खेतमा जहाज नियमित गराउने व्यवस्थाका लागि पालिकासमेत सक्रिय हुनुपर्दछ ।”