मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

नागरिकको जीवनस्तर उकास्ने गरी आगामी आवको बजेट तर्जुमा हुन्छ: अर्थमन्त्री डा महत

नागरिकको जीवनस्तर उकास्ने गरी आगामी आवको बजेट तर्जुमा हुन्छ: अर्थमन्त्री डा महत


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आम नागरिकको जीवनस्तरमा सुधार हुनेगरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्दै अर्थमन्त्री महतले आधारभुत आवश्यकता पूरा गर्न कठिन अवस्थामा रहेका नेपाली नागरिकहरुको जीवनस्तर सुधार हुनेगरी आगामी वर्षको बजेट तर्जुमा गर्नुपर्ने आवश्यकता महशुस गरेको बताए ।

Advertisement

अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्रलाई विश्व अर्थतन्त्र गतिसँगै अघि बढाउने लक्ष्य पनि आगामी आर्थिक वर्षको बजेटमा हुने बताए।

अर्थमन्त्री महतले उच्च र दिगो आर्थिक वृद्धि हासिल गरी उत्पादन वृद्धिसँगै रोजगारीको अवसर सृजनामार्फत गरिवी न्युनिकरण गर्ने, आर्थिक असमानता कम गर्दै वित्तीय स्थायित्व कायम गर्न अर्थतन्त्रलाई दिशा निर्देश गर्नु अपरिहार्य ठानेको बताए ।

अर्थमन्त्री महतले भने , ‘मुलुकले भोग्दै आएको न्युन उत्पादन र उत्पादकत्व, उच्च व्यापार घाटा, कमजोर निर्यात, आर्थिक दृष्टिले सक्रिय उमेर समूहको जनशक्ति पलायनजस्ता समस्या समाधान गर्नु प्राथमिकताको विषय भएको छ । उच्च र दिगो आर्थिक वृद्धि हासिल गरी उत्पादन वृद्धिसँगै रोजगारीको अवसर सृजनामार्फत गरिवी न्युनिकरण गर्ने, आर्थिक असमानता कम गर्दै वित्तीय स्थायित्व कायम गर्न अर्थतन्त्रलाई दिशा निर्देश गर्नु अपरिहार्य ठानेको छु ।’

अर्थमन्त्रीले यस सन्दर्भमा मुलुकको अर्थतन्त्रलाई विश्व अर्थतन्त्रको गतिसँगै अघि बढाउने र आधारभुत आवश्यकता पूरा गर्न कठिन अवस्थामा रहेका नेपाली नागरिकहरुको जीवनस्तर सुधारका मार्ग पहिल्याउने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नेगरी आगामी वर्षको बजेट तर्जुमा गर्नुपर्ने आवश्यकता महशुस गगरेको बताए ।

मुलुकले भोग्दै आएको न्युन उत्पादन र उत्पादकत्व, उच्च व्यापार घाटा, कमजोर निर्यात, आर्थिक दृष्टिले सक्रिय उमेर समूहको जनशक्ति पलायनजस्ता समस्या समाधान गर्नु आगामी आर्थिक वर्षको बजेटको प्राथमिकताको विषय भएको पनि उल्लेख अर्थमन्त्री महतले उल्लेख गरे।

शेयर गर्नुहोस:

54
Shares