मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सभापति देउवाद्वारा सङ्गीतकार आचार्यको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा सङ्गीतकार आचार्यको निधनप्रति दुःख व्यक्त


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भजन शिरोमणि, वरिष्ठ गायक एवम् संगीतकार भक्तराज आचार्यको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाको तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार शोक विज्ञप्ति जारी गरी भजन शिरोमणिका रूपमा नेपाली जनजनको हृदयमा बस्न सफल सुप्रसिद्ध गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

Advertisement

सभापति देउवाले भजन शिरोमणि, वरिष्ठ गायक एवम् सङ्गीतकार आचार्यको निधनबाट नेपाली साङ्गीतिक इतिहासमा एउटा नक्षत्र अस्ताएको बताए । “भौतिक रुपमा आचार्य हामी माझ नरहनु भएता पनि उहाँले छोडेर जानुभएका कालजयी गीत–सङ्गीत युगौँयुगसम्म नेपालीका मनमा गुञ्जिरहनेछन्,”– सभापति देउवाले भने ।

पूर्वप्रधानमन्त्री देउवाले स्वर्गीय आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनले स्वर्गीय आचार्यकी श्रीमती सुशीला आचार्य, सुपुत्रद्वय सत्यराज र स्वरुपराजलगायत शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

नेपाली सङ्गीत समृद्ध बन्न उनको साधना, सङ्गीत, स्वर र सुरले महत्त्वपूर्ण योगदान पु¥याएको कांग्रेसले जनाएको छ । स्वर्गीय आचार्यका ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौ देउ मायालु’, ‘हजार सपनाहरूको माया लागेर आउछ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार आँखा हेर्ने मेरी मायालुलाई’ लगायत गीतहरू लोकप्रिय छन् ।

कांग्रेसले आचार्यको निधनबाट नेपाली साङ्गीतिक जगतले एक अग्लो शिखर गुमाएको र देशले एक असल र कुशल साधकको बिदाइसँगै अपूरणीय क्षति भोग्नुपरेको बताएको छ ।

शेयर गर्नुहोस:

27
Shares