मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नागरिक सेवामा प्रहरी दत्तचित्त हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

नागरिक सेवामा प्रहरी दत्तचित्त हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिककेन्द्रित सेवा प्रवाहमा प्रहरी दत्तचित्त हुनुपर्ने बताएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षणपछि उनले प्रदेशको शान्ति सुरक्षालाई थप मजबुत र विश्वसनीय बनाउन निर्देशन दिए।

मुख्यमन्त्री पाण्डेले भने, “शान्ति सुरक्षालाई थप मजबुत र विश्वसनीय बनाई जनमैत्री र नागरिक केन्द्रित प्रहरी सेवा प्रदान गर्नु आवश्यक छ ।” निरीक्षणको क्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश प्रहरी कार्यालयअन्तर्गत रहेका विभिन्न शाखा, मातहतका सम्पूर्ण प्रहरी कार्यालयको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधिबारे जानकारी लिएका थिए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विकासराज खनालले प्रदेश सरकारको साथ र सहयोगबाट आगामी दिनमा प्रहरी थप व्यावसायिक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमललगायतले गण्डकी प्रदेशको शान्ति सुरक्षाको स्थितिबारे जानकारी दिएका थिए । त्यस अवसरमा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, मुख्यमन्त्री कार्यालयका सचिव तीर्थराज भट्टराईको उपस्थिति थियो ।