काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले विपद्मा प्रभावितलाई लक्षित गरी ‘समुन्नति कार्यक्रम’ अघि बढाएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार बाढीपहिरो तथा अन्य विपद्बाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा लैंगिक तथा यौनिक अल्पसङ्ख्यकलाई संरक्षणदेखि पुनःस्थापना, आर्थिक पुनर्लाभ र आत्मनिर्भरतासम्म जोड्न उक्त कार्यक्रम सुरु गरिएको हो ।…