कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उमेदवारी फिर्ता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत पदाधिकारीसहित र केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका करिब ४० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । महाधिवेशन प्रचारप्रसार समितिले बुधवार साँझ महाधिवेशन स्थल खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।  प्रचारप्रसार समितिका संयोजक एवं पार्टी प्रवक्ता देवराज चालिसेले पदाधिकारीतर्फ सभापतिका उम्मेदवार किशोरसिंह राठौर तथा उपसभापतिका उम्मेदवार डा. मिनेन्द्र रिजाल…