काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ । महाधिवेशनमा सहभागी सात हजार २५५ प्रतिनिधिले आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् । यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने निर्वाचन कार्यतालिका थियो । वर्षा र केही प्राविधिक कारणले निर्धारित समयभन्दा तीन घण्टा ढिला…