काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको संरक्षणका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन् । निर्वाचित सरकारको संसद् र जनताप्रतिको उत्तरदायित्वमाथि प्रश्न उठिरहेको भन्दै उनले लोकतान्त्रिक शक्तिहरूलाई सामूहिक रूपमा सोच्न आग्रह गरेका छन् । आइतबार काठमाडौँको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोखरेलले वर्तमान…