नर्थ क्यारोलिना, अमेरिका । नर्थ क्यारोलिनामा सम्पन्न दसैँतिहार कपको उपाधि डाँफे एफसीले जितेको छ ।
डाँफेले सारा एफसीलाई दुईका विरुद्ध तीन गोलको अन्तरमा उपाधि चुमेको हो । नर्थ क्यारोलाइनाको आरटिपी क्षेत्रमा त्रियाशील फुके नेपाली फुटबल क्लबले आयोजना गरेकोे फुटवल प्रतियोगिताको फाइनलमा विजेता तथा उपविजेता टोलीलाई नेपालबाट आएका पत्रकारहरु मनोज दाहाल र गिरिश भट्टराईले पुरस्कार वितरण गरेका थिए ।
एपेक्सको प्लेजेन्ट पार्कमा सम्पन्न लिग चरण देखि भएको प्रतियोगितामा डाफे एफसीका प्रविण खनियाले हाइरर स्कोररको उपाधि पाएका थिए । प्रवासमा हुने यस्ता प्रतियोगिताहरुले नेपाली समुदायमा प्रेम, भातृत्व र अपासी मित्रता बढाउने पत्रकार मनोज दाहालको भनाइ थियो ।
प्रतियोगितामा अशोक सुवेदीले रेफ्रीको भुूमिका निभाएका थिए भने लाइन्सम्यानमा रेसम बस्नेत र मनोज तिमिल्सिना थिए । पुरस्कार वितरण सहितको औपचारिक कार्यक्रमको सञ्चालन क्लबका सस्थापक आङछिरिङ शेर्पा र व्यवस्थापन समितिका सदस्य विजय उपाध्यायले गरेका थिए । खेल समापानपछि क्लबले सदस्यहरु र सदस्यहलाई रात्री भोजको व्यवस्था गरिएको थियो ।













प्रतिक्रिया