काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन गरिएको सङ्गठित प्रयासबारे हाल भइरहेको तदारूकतापूर्ण अनुसन्धानको ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) नेपालले स्वागत गरेको छ । हालसम्मको अनुसन्धानबाट उच्च प्रशासनिक तथा राजनीतिक तहको संलग्नता देखिएको यस प्रकरणको अनुसन्धान कुनै पनि प्रकारको दबाबबाट प्रभावित नहोस्, कुनै पनि बहानामा छानबिन शिथिल नहोस् र नरोकियोस्, प्राप्त प्रमाणलाई उचित संयोजन नगरी…