मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

रहेनन् गजलकार एवं गीतकार प्रकट पङ्गेनी

रहेनन् गजलकार एवं गीतकार प्रकट पङ्गेनी

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की । पोखराका स्थापित एवं चर्चित गजलकार एवं गीतकार प्रकट पङ्गेनी ‘शिव’ को ७० वर्षको उमेरमा निधन भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको आज निधन भएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।
कास्कीको रुपा गाउँपालिका-५ स्थायी निवासी उनी जण्डिस र निमोनियाको  बिरामी थिए । स्व पङ्गेनीको बुधबार अन्त्येष्टि गरिने परिवारले जनाएको छ । स्व पङ्गेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीतसङ्ग्रह प्रकाशित छन् ।
यसबाहेक प्रणयवेदका ऋचाहरू (गजलसङ्ग्रह) र अक्षरभरि अक्षता (कवितासङ्ग्रह) उनका प्रकाशित कृतिहरू हुन् । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
अस्पतालमा उपचारका क्रममा आर्थिक अभाव भएपछि सांस्कृतिक परिवारको अग्रसरतामा आजदेखि नै सहयोग रकम सङ्कलन अभियान सुरू भएको थियो । परिवारले रु २५ हजार राखेर सुरू गरेको सो अभियानमा पोखरा महानगरपालिकाले रु एक लाख सहयोग गर्ने घोषणा गरेको थियो ।