काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा नेकपा (माओवादी केन्द्र) का गङ्गाकुमारी बेलवासेले मिटरब्याजी पीडितको समस्या तत्काल सम्बोधन गर्न माग गरेकी छन् । राष्ट्रियसभाको बैठकको विशेष समयमा उनले मिटरब्याजी पीडितको समस्या तत्काल संशोधन गर्न आवश्यक कानुन संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् । “मिटरब्याजी पीडितले ६० दिन आन्दोलन गरेपछि सरकारले पाँचबुँदे सहमति गरेर मिटरब्याजीको आन्दोलनलाई समाधान गर्ने…