मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

कँडेलको नेतृत्वमा हिमालयन लायन्स क्लबको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

कँडेलको नेतृत्वमा हिमालयन लायन्स क्लबको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित


म्यासाच्युसेट्स- हिमालयन लायन्स क्लब अफ न्यू इङग्ल्याण्ड, डिष्ट्रिक 33K, म्यासाच्युसेट्स, अमेरिकाको हालै सम्पन्न अधिवेशनले थानीरत्न कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। गत अप्रिल १२ तारिखमा संस्थाको विधान अनुसार प्रक्रिया पूरा गरेर निर्वाचन सम्पन्न गरिएको भनिएको अधिवेशनले, आगामी दुइ वर्षीय कार्यकाल(२०२४-२०२६)का लागि कँडेलको नेतृत्वमा नयाँ कार्यसमति निर्विरोध चयन गरेको हो।

क्लबका पूर्व अध्यक्ष लायन राम थापाको संयोजकत्वमा गठित निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन परिणाम अनुसार प्रथम उपाध्यक्षमा चन्द्र मल्ल, द्वितीय उपाध्यक्षयमा विजय शर्मा, तृतीय उपाध्यक्षमा बिनोद उप्रेती र सचिव तथा कोषाध्यक्षमा नवीन उप्रेती चयन भएका छन्।

त्यसैगरी, एलसिआईएफ चियरमा बिनोद सुवेदी, क्लब सर्भिस चियरमा प्रकाश खनाल, मेम्बरसिप चियरमा चन्द्र मण्डल, महिला बिभाग चियरमा आशुलक्ष्मी राजभण्डारी, मार्केटिंग कम्यूनिकेशन चियरमा शिव ठाकुर र प्रोजेक्ट चियरमा महेश्वर पन्त चयन भएका छन्।

संस्थाको बोर्ड अफ डिरेक्टर पदमा भने बिष्णु कार्की, राम थापा, शिव कुमार श्रेष्ठ, राम धिताल, अंजु थापा, सरिता पाण्डेय, भेषराज शर्मा, भीम पाध्या र बिकास माली निर्विरोध निर्वाचित भएका छन्।

प्राप्त जानकारी अनुसार संस्थाको विधान अनुसार निर्वाचित नयाँ कार्यसमितिले सपथ ग्रहण गर्न भने बाँकी नै छ। निर्वाचित नयाँ कार्यसमितिको कार्यकाल, यही आउदो २०२४, जुलाई १ तारिखबाट सुरु हुनेछ। आगामी कार्यकालको बागडोर सम्हाल्न निर्वाचित भएका अध्यक्ष थानीरत्न कँडेलसहित सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक राम थापाले समितिको तर्फबाट बधाई ज्ञापन गर्दै कार्यकालको पूर्ण सफलताको कामना गरेका छन्।

नेपाल र नेपालीपन तथा पहिचानको संरक्षण, संवर्धन र प्रवर्धन गर्दै अमेरिकन लायन्स क्लबहरुसंग मिलेर नेपाली अमेरिकन समुदायका लागि विविध सामाजिक कार्यहरु गर्ने मुख्य उद्देश्यले सन् २०१० मा यस संस्थाको स्थापना गरिएको थियो। हाल २० जना सक्रिय सदस्यहरु रहेको यस संस्थाले, स्थापना कालदेखि नै रक्तदान, तीज कार्यक्रम, नेपाल तथा अमेरिकामा रहेका लायन्स क्लबहरुसंग समन्वय र सहकार्य गरी विविध सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको छ। संस्थाले जनाए अनुसार, नेपालमा हालसम्म १२ वटा विद्यालयहरुमा अक्षयकोषको स्थापना गरी ‘ब्याक टु स्कूल’ परियोजना सञ्चालन गरिरहेको छ। जसले गरिबीका कारण विद्यालय छोड्न बाध्य भएका बालबालिकाहरुलाई अध्ययनका लागि पुन: विद्यालय फर्काउन महत्वपूर्ण भूमिका खेलिरहेको छ।