काठमाडौँ । गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग सिंहदरबारमा भएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सामान्य छलफल भएको र समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् ।
प्रदेशमा आफूहरुको सहभागिता नरहेकोले आफ्नो चासोको विषय नभएको बताउदै सुदूरपश्चिमको विषय मिलिसकेको उनले बताए । सहमतिमा गएको विषयमा व्यक्तिको विषयमा केही कुरा उठेका बताउँदै प्रदेशको विवादले केन्द्रमा कुनै विवाद नरहेको बताए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको विषयमा कुनै छलफल नभएको उनले बताए ।
प्रतिक्रिया