काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन निर्वाचन एकमात्र विकल्प भएको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले आगामी फागुन २१ को निर्वाचनमा जान कांग्रेसले सबै राजनीति दल र नागरिक समाजलगायतलाई एकतावद्ध बनाउनुपर्ने बताए । “यतिबेला कांग्रेस आन्तरिक रुपान्तरणको चरणमा छ भने सँगै देशलाई…