मानव बेचबिखनसम्बन्धी विधेयकबाट ‘वेश्यावृत्ति’ शब्द हटाउन माग

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारी आचार्यले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी संशोधन विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्द हटाउन माग गरेकी छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८३ माथिको छलफलमा सहभागी हुँदै उनले उक्त शब्दको सट्टा ‘यौनजन्य क्रियाकलाप’ राख्न सुझाव दिइन्।…