१४औँ कार्यसमिति पुनर्स्थापित नभई एकता सम्भव छैन : एनपी साउद

काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिँदै गएको साङ्गठनिक किचलो र आधिकारिकताको विवाद थप पेचिलो बन्दै गएको छ । इतर पक्षद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै काङ्ग्रेस नेता एनपी साउदले १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पुनर्स्थापित नगरिएसम्म पार्टीभित्र वास्तविक एकता सम्भव नरहेको स्पष्ट पारेका छन् । पार्टीको आन्तरिक विवाद अदालतको ढोकासम्म पुगिसकेको प्रसङ्ग उल्लेख गर्दै नेता साउदले…