नेपाली नयाँ वर्षको अवसरमा अमेरिकामा नेपालको राष्ट्रिय झण्ड फरफराइयो

अमेरिका, बोस्टन। नेपाली नयाँ वर्ष विक्रम संवत् २०८२ साल शुभारम्भ भएको अवसर पारेर अमेरिकाको म्यासाच्युसेट्स राज्यको समरभिल सिटीको प्राङ्गणमा चन्द्र सूर्य अङ्कित नेपालको राष्ट्रिय झण्डा फरफराइएको छ। समरभिल सिटीकी मेयर काटियाना ब्यालेन्टाइनले नेपाल र नेपालीप्रति सम्मान प्रकट गर्दै नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेपछि नेपालको राष्ट्रिय झण्डा अमेरिकाको आकाशमा फरफराएको थियो। कार्यक्रम नेपालको राष्ट्रिय गान र…