रत्ननगर । रत्ननगर नगरपालिकाको चालू आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । रत्ननगर नगरकार्यपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरबाट भएका कामको समीक्षा गर्दै नागरिकबाट सुशासन, सेवा प्रवाह र विकास निर्माणबारे सुझाव संकलन गरिएको थियो । नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले नगरपालिकाले गरेका कामको प्रशंसा गर्दै थप विकास निर्माणको कामको…