मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

‘पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ’

‘पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ’


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंले गत भदौ २३ र २४ गतेको आन्दोलनमार्फत देशमा आएको परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

जेनजी र नागरिक बचाऊ महाअभियानसहित विभिन्न राष्ट्रवादी समूहहरूको संयुक्त जनआन्दोलन घोषणासभामा आज अध्यक्ष प्रसाईंले आन्दोलनका क्रममा घाइते भएका युवा र उनीहरूको उपचार तथा पुनःस्थापनाका विषयमा सरकार जिम्मेवार बन्नुपर्ने बताए ।

Advertisement

अध्यक्ष प्रसाईंले भने, “भदौ २३ र २४ गतेको आन्दोलनकै कारण देशमा परिवर्तनको वातावरण बनेको छ । तर, आजसम्म पनि धेरै ‘जेनजी’ युवाहरू घाइते अवस्थामै छन्, उनीहरूको उपचारमा समस्या भइरहेको छ । सरकारले उनीहरूका जायज माग पूरा गर्नुपर्छ ।”

यसैगरी उनले आफूहरूले गर्ने आन्दोलन कुनै व्यक्ति वा समूहको स्वार्थका लागि नभई भ्रष्टाचार मुक्त देश निर्माण र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि भएको स्पष्ट पारे ।

अध्यक्ष प्रसाईले नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहद्वारा एकीकरण गरिएको मुलुक भएको उल्लेख गर्दै देशको शान्ति, स्थायित्व र समृद्धिका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए । उनले राष्ट्रिय स्वाधीनता र पहिचानको संरक्षणबिना समृद्ध नेपाल निर्माण सम्भव नहुने धारणा राखे ।

शेयर गर्नुहोस:

162
Shares