अमेरिका। सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारका सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ सरकारबाट बाहिरिएका छन्। आज पौष २३ गते बुधवार प्रधानमन्त्री कार्की समक्ष आफ्नो राजिनामा पेश गरेर उनि सरकारबाट बाहिरिएका हुन्।
घिसिङले राजीनामा दिएपछि उनले सम्हाल्दै आएका सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रिक्त भएको छ।
विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक भएर काम गर्दा मुलुकलाई लोडसेडिङ मुक्त बनाएको भन्दै जनमानसमा उनको चर्चा र समर्थन चुलिएको थियो। राजनितिक क्षेत्रमा प्रवेश गर्नका लागि तयारी गरिरहेका घिसिङलाई गत भदौ २३ र २४ मा भएको आन्दोलन पछि परिवर्तित घटनाक्रमले एक्कासी राजनिति क्षेत्रमा धकेलिदिएको थियो। उनले आफू संरक्षक बनी पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा उज्यालो नेपाल पार्टी गठन गरी निर्वाचन आयोगमा दर्ता समेत गराएका थिए। तर, त्यो पार्टीलाई गत पुष १४ गते रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा विलय गराउदै आफू रास्वपाको बरिष्ठ उपसभापति बनेका थिए।
गैरदलीय सरकारको मन्त्री पदमा रहेर राजनितिक गतिविधिमा सक्रिय भइरहेको भन्दै उनको सर्वत्र चर्को विरोध भइरहेको थियो। विरोधका आवाजहरु उठ्न थालेपछि प्रधानमन्त्री कार्कीले घिसिङलाई सचेत गराउदै मन्त्रिमण्डलको मर्म बुझेर मार्ग प्रसस्त गरिदिन भनेकी थिइन्। घिसिङले आफूले कुनैपनि पार्टीको सदस्यता नलिएको भन्दै आफ्नो बचाउ गरेपनि, अन्ततोगत्वा पदबाट राजिनामा दिएका छन्।
पदबाट राजिनामा दिएसंगै घिसिङले आगामी फागुन २१ गते हुने भनिएको संसदीय निर्वाचनमा पूर्ण रुपमा केन्द्रिकृत भएर राजनितिमा होमिने लक्षण देखाएका छन्।












प्रतिक्रिया