भानु जयन्तिमा कविहरु पुरस्कृत

ड्यालस (टेक्सस) – दुईसय ६ औँ भानु जयन्तिकाका अवसरमा शनिबार अन्तर्राष्ट्रिय साहित्य समाज ड्यालस च्याप्टरको आयोजनामा प्रतियोगितात्मक कवि सम्मेलन सम्पन्न भएको छ ।   अर्भिङको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजना गरिएको सम्मेलनमा स्थानीय कवि, कवयित्रीहरुले आदीकवि भानुभक्तका बारेमा कविता सुनाएका थिए । अनेसास ड्यालस च्याप्टरका अध्यक्ष कपिल अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा गोपालप्रसाद भण्डारी, रमिला जोशी,…