मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कथा लेखौं

कथा लेखौं


सधैंभरी बल्झीरहने घाउहरुको 
शब्दै शब्द मुछेर मलम बनाऔं 
बल्झीरहने चोटीला चोटहरुको 
समग्रमा एउटा छुट्टै कथा लेखौं ।
 
टेक्ने धर्ती र हिंड्ने बाटो नै मोडिदिने 
सपना नैं सपनाको  एउटा गाथा लेखौँ
भत्केका बिश्वासहरुको पर्खाल लगाइ
आउ अब  मजुबुरीको कथा लेखौँ।
 
धन सँगसँगै फेरीने तन र मनहरुको
रंगी-बिरंगी  कोपीलाहरु जोडेर
 मिलन  र बिछोडबाट निस्कीरहने
ज्वालाहरुकै धमीलो कथा लेखौं ।