मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

कवि भैरवी र बलरामले गरे दुवैको कृति विमोचनसँगै साहित्यिक विवाह

कवि भैरवी र बलरामले गरे दुवैको कृति विमोचनसँगै साहित्यिक विवाह


काठमाडौँ । कवि भैरवी ढुङ्गाना र कवि बलराम दाहालबीच आज साहित्यिक विवाह सम्पन्न भएको छ । नुवाकोटकी  ढुङ्गानाको कवितासङ्ग्रह ‘अस्वीकृत शालीनता’ र दोलखाका कवि दाहालको ‘भाडा नलाग्ने कोठा’ कवितासङ्ग्रह विमोचनसँगै दुवै विवाह बन्धनमा बाँधिएका छन् । 
 
कृतिको लोकार्पण गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई यस विवाहले सहयोग पु¥याएको बताए । “विवाहसँगै नयाँ कृतिलाई पनि लोकार्पण गरिनु साधारण कुरा होइन”, उनले भने । उनले दुई कृतिसँगै दुई आत्मा पनि जोडिएकामा बधाईसमेत दिए । 
 
तेह्र वर्षअघि एक साहित्यिक जमघटमा भएको भेटघाटले आज विवाहसम्मको स्थितिमा पुगेको कवि ढुङ्गानाले बताइन् । “त्यो भेटघाट आज विवाहसम्मको स्थितिमा पुग्ला भनेर कल्पनासमेत गरेको थिइन”, उनले भनिन् । कवि दाहालले आफ्नो भाग्यमा लेखिएको कुरा केही गरे पनि नमेटिने बताइन् । 
 
‘अस्वीकृत शालीनता’माथि समीक्षा गर्दै समालोचक डा शैलेन्द्रप्रकाश नेपालले कविको कविताले जीवनभरका लागि सम्भावनाको सङ्केत बोकेको बताए । ‘भाडा नलाग्ने कोठा’को समालोचना गर्दै समालोचक प्रभाती किरणले फरक आयाम र फरक विषयका पद्य कवितालाई कविले रचनात्मक ढङ्गले प्रस्तुत गरेको बताए । 
 
सर्वनाम थियटरका प्रमुख अशेष मल्लले दुवै जनाको आँट र कृतिप्रतिको लगनशीलतासँगै नयाँ जीवन र उज्ज्वल भविष्यको कामना गरे । त्रिवेणी वाङ्मय प्रतिष्ठानको आयोजना र सर्वनाम थियटरको संयोजनमा उनीहरु लगनगाँठोमा बाँधिएका हुन् । (तस्बिर : माधवप्रसाद तिवारीको फेसबुकबाट)