नयाँ दिल्ली, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा सहभागी विभिन्न दलका सांसद्ले भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुधार भई राजनीतिक र आर्थिक क्षेत्रमा उपलब्धि भएको प्रतिक्रिया दिनुभएको छ । सांसदहरुले आज रासससँग कुरा गर्दै भारतसँगको मित्रतालाई पुरानै अवस्थामा फर्काएर द्विपक्षीय सम्बन्धमा उचाइ प्रदान गर्ने प्रधानमन्त्री ओलीले भ्रमण गर्नुअघि तय गर्नुभएको लक्ष्यअनुसार…