मेघौली विमानस्थलको काम छिट्टै हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेघौली विमानस्थल स्तरोन्नतिको काम छिट्टै सम्पन्न हुने बताएका छन् ।    भरतपुर महानगरपालिकाले आयोजना गरेको मेघौली विमानस्थलको स्तरोन्नतिसम्बन्धी अन्तर्क्रियामा उनले ऐतिहासिक महत्त्व बोकेको यो विमानस्थलको काम तीव्र गतिमा अघि बढ्ने बताए ।    विमानस्थल स्तरोन्नतिका लागि सर्वेक्षण गरेर प्राविधिक रिपोर्ट तयार गर्नका…