मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

सङ्कटबीच पनि अर्थतन्त्रमा आशाको किरण देखिएको छ : अध्यक्ष ढकाल

सङ्कटबीच पनि अर्थतन्त्रमा आशाको किरण देखिएको छ : अध्यक्ष ढकाल


शेयर गर्नुहोस:

297
Shares

  • change font
  • change font
  • change font

बागलुङ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको सङ्कटग्रस्त अर्थतन्त्रमा विस्तारै आशाको किरण देखिन थालेको बताएका छन् ।

बागलुङ उद्योग वाणिज्य सङ्घको ५९औँ वार्षिक साधारण सभामा उनले पछिल्लो समय विप्रेषण र पर्यटक आगमनमा उल्लेख्य वृद्धि आएको बताए ।

Advertisement
ADVERTISEMENT

“विप्रेषण २५ प्रतिशतले बढेको छ, बैंकको सिडी रेसियो पनि ८५र८६ प्रतिशत छ, ब्याजदर घट्दो क्रममा छ”, उनले भने, “अर्थतन्त्रमा धेरै समस्या हुँदाहुँदै पनि केही सुधारका सङ्केत देखिँदैछन् ।”

अध्यक्ष ढकालले शिथिल बनेको अर्थतन्त्र उकास्न सामूहिक प्रयत्नको खाँचो रहेको उल्लेख गरे । “अर्थतन्त्र सङ्कटमा पर्नुमा कुनै एउटा पक्ष मात्र दोषी छैन, यसका बहुआयामिक कारण छन्”, उनले भने, “यो अवस्थाबाट बाहिर निस्कन निजी क्षेत्र र सरकारले बलियो सहकार्य गर्नुपर्छ ।”

अध्यक्ष ढकालले कोभिड–१९, रुस–युक्रेन युद्ध, नीति निर्माणमा भएका त्रुटिलगायतका कारणले आर्थिक क्षेत्रमा सङ्कट देखा परेको बताए । उनले आफू महासङ्घको नेतृत्वमा आएको पहिलो दिनदेखि नै अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि पहल थालेको बताए ।

“सरकारसँग लगातार संवाद भइरहेको छ, कसरी अर्थतन्त्रलाई गति दिन सकिन्छ भनेर हामी लागिपरेका छौँ”, उनले भने, “सरकार, नियमनकारी या कुनै संस्थालाई मात्र दोष दिएर पनि हुँदैन, सबै मिलेर सङ्कटको समाधानतिर लाग्नुपर्छ ।” निराशा मात्र बाँडेर नहुने भन्दै सकारात्मक कुराको प्रसार गर्नुपर्ने उहाँले बताए ।

उनले निजी क्षेत्र र सरकारले एक अर्कालाई हेर्ने दृष्टिकोण पनि बदल्नुपर्ने धारणा राखे । अध्यक्ष ढकालले राज्य सञ्चालनको ठूलो हिस्सा ओगटेको निजी क्षेत्रलाई गृहमन्त्रालयको मयार्दाक्रमसमेत उपेक्षा गरिएको बताए । अर्थतन्त्रको सुधार, लगानी वृद्धि, रोजगारी सिर्जनालगायतका क्षेत्रमा महासङ्घले अगुवाइ गर्ने उनको भनाइ छ ।

विभिन्न कार्यक्रममा भाग लिन गृह जिल्ला बागलुङ आएका अध्यक्ष ढकाललाई बागलुङ उद्योग वाणिज्य सङ्घ, बागलुङ नगरपालिकालगायतका सङ्घसंस्थाले सम्मान गरेका थिए । उनी आफ्नो जन्मगाउँ बागलुङ–१२ अमलाचौर पुग्दा स्थानीयले बधाई साटेका थिए ।

यसेबीच, बागलुङ उद्योग वाणिज्य सङ्घद्वारा स्थापित ‘आर्थिक पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समितिका वरिष्ठ सहायक समाचारदाता रामबहादुर थापालाई प्रदान गरिएको छ ।

सङ्घको ५९औँ वार्षिक साधारण सभामा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राससकर्मी थापालाई नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरे । पुरस्कारको राशि रु ११ हजार एक सय ११ रहेको छ ।

पत्रकारितामार्फत वाणिज्य क्षेत्रमा योगदान पु¥याएवापत पत्रकार थापालाई सम्मानित गरिएको सङ्घका अध्यक्ष नरेश कँडेलले बताए । आर्थिक विषयमा कलम चलाउने पत्रकारको प्रोत्साहनका लागि सङ्घले विसं २०७७ मा उक्त पुरस्कार कोष स्थापना गरेको थियो ।

पत्रकार थापा हाल राससको गण्डकी प्रदेश कार्यालय, पोखरामा कार्यरत छन् । उनले लामो समय बागलुङमा रहेर पत्रकारिता गर्का थिए । यसअघि उक्त पुरस्कारबाट पत्रकार मुकेशचन्द्र राजभण्डारी र सुवास आचार्य सम्मानित भइसकेका छन् । रासस

शेयर गर्नुहोस:

297
Shares