मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रतिनिधिसभामा छलफल

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रतिनिधिसभामा छलफल

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छ ।

प्रतिनिधिसभामा अर्थमन्त्री डा प्रकाशशरण महतले यही वैशाख २४ गते प्रस्तुत गरेको विनियोजन विधेयकमाथि छलफलमा सांसद ठाकुरप्रसाद गैरेले दलाल पुँजीलाई अन्त्य गरेर राष्ट्रिय पुँजीको विकास गरेर देशको अर्थतन्त्र विकास गरी देशमा तमान रोजगारीको सिर्जना गर्नुपर्ने सुझाव दिए ।

सांसद दुर्गा राईले देशभर रहेको बाँजो जमिनलाई उत्पादनमा लगाई व्यावसायिक खेती गरेर स्वदेशमै रोजगारीको सिर्जना गरी मुलुकको आर्थिक स्थितिलाई सुधार गर्नुपर्ने सुझाव दिइन् । सांसद नागिना यादवले अर्थतन्त्र धरासायी बन्दै गएकाले आर्थिक अवस्था सुदृढ बढाउने खालको बजेट निर्माण गर्नुपर्ने धारणा राखिन् । सांसद अच्युतप्रसाद मैनालीले बजेट विनियोजन गर्दा मुख्य प्राथमिकताको आधार तय गरेर गर्नुपर्ने र उत्पादनमूलक काममा पनि ध्यान दिनुपर्ने सुझाव दिए ।

सांसद गङ्गा कार्कीले अर्थतन्त्रलाई लयमा ल्याउनका लागि सबैले पहल गर्नुपर्ने र त्यसका लागि सत्तापक्ष र प्रतिपक्ष दुवैले उत्तिकै भूमिका खेल्नुपर्ने सुझाव दिइन्। सांसद दिनेशकुमार यादवले कृषि क्षेत्रमा राम्रोसँग लगानी गरेमा छ महिनाभित्र मुलुकको समृद्धि हुने भएकाले किसानलाई समयमै मल, बीउ, सिँचाइ समयमै दिन सकेर, प्रविधिमैत्री तरिकाले उत्पादनमा जोड दिनुपर्ने धारणा राखिन् ।

सांसद जुलीकुमारी महतोले सरकारको नीति र निर्णयकै कारण आज मुलुकको आर्थिक धरासायी बनेको र बन्द भएका महत्त्वपूर्ण उद्योग पुनः सञ्चालनमा ल्याउनुपर्ने सुझाव दिइन् । सांसद रमा कोइराला पौडेलले वैदेशिक रोजगारीलाई मुख्य आम्दानीको स्रोत बनाउन नहुने र स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने सुझाव दिइन् । सांसद बलराम अधिकारीले विगतमा निर्यात गरेको वस्तु अहिले आयात गरिएको अवस्था भएकाले निर्यात गर्ने सामग्री उत्पादन गर्ने खालका योजनामा बजेट विनियोजन गर्नुपर्ने सुझाव दिए ।

सांसद सुशीला थिङले नेपालमा विद्युतीय गाडी, इन्डक्सन चुलोको प्रयोग गर्नुपर्ने र नेपालमा जति पनि काम सबै बिजुलीको उपयोग गर्दा नेपालको अर्थतन्त्रमा सुधार आउने सुझाव दिइन् । सांसद विद्या भट्टराईले दैनिक दुई हजार पाँच सय युवा विदेशिएको कुरालाई वास्ता नगरिएको, आत्मनिर्भर अर्थतन्त्र र युवा पलायत रोक्ने खालको बजेट विनियोजन गर्नुपर्ने सुझाव दिइन् ।

सांसद सरस्वती बजिमायाले प्राथमिकताका आधारमा बजेट विनियोजन नगर्दा उत्पादनमूलक क्षेत्रमा बजेट लगानी हुन नसकेको हुँदा आगामी दिनमा त्यस कुरालाई ध्यान दिनुपर्ने सुझाव दिइन् । सांसद दामोदर भण्डारीले राष्ट्रिय अभिभारा पूरा गर्न नसक्ने खालको बजेट आएको तर शिक्षा, स्वास्थ्यजस्ता कुरामा ध्यान दिन नसकेको सुझाव राखे ।

सांसद मैना कार्कीले जनसङ्ख्याका आधारमा महिलाको सामाजिक सुरक्षा र सशक्तीकरणका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने धारणा राखिन् । सांसद प्रतीक्षा तिवारीले शिक्षा, स्वास्थ, उद्योगधन्दा सञ्चालन र उत्पादनमुखी क्षेत्रमा बजेट लगानी गर्नुपर्नेमा जोड दिइन् ।

सांसद मुक्ताकुमारी यादवले शिक्षामा राज्यले विशेषरुपमा लगानी गर्नुपर्ने सुझाव दिइन् । सांसद सरिता भुसालले जनसङ्ख्याका आधारमा महिलाको सीपमूलक तालिम र सशक्तीकरणका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने सुझाव दिइन् ।

सांसद जीवन परियारले कृषि प्रदान देशका हजारौँ युवा रोजगारीका लागि विदेशिका छन् तर स्वदेशमै लगानी गर्ने र उत्पादन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । सांसद अमृतलाल राजवंशीले असाधारण आर्थिक परिस्थितमा मुलुकको आयआर्जनलाई वृद्धि गर्नुपर्ने सुझाव दिदै पर्यटन, हाइड्रोपावरजस्ता कुरालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

सांसद मनबहादुर गुरुङले मुलकको आर्थिक अवस्था कमजोर युवाशक्ति पलायन रोक्ने खालको बजेट ल्याउनुपर्ने सुझाव दिए । आर्थिक वर्ष २०८०र८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा बुधबार पनि छलफल जारी रहनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २७ गते ११ बस्नेछ । रासस