मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

आर्थिक वृद्धि न्यून हुने देखिएको छ : अर्थमन्त्री डा महत

आर्थिक वृद्धि न्यून हुने देखिएको छ : अर्थमन्त्री डा महत

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशरण महतले चालु आर्थिक वर्षमा उत्पादन, व्यापार र निर्माण क्षेत्रमा सुस्तता आएकाले आर्थिक वृद्धि न्यून हुने देखिएको बताएका छन् ।

राष्ट्रियसभाको आइतबारदेखि सुरु भएको चौधौँ अधिवेशनको पहिलो बैठकमा उनले ‘आव २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै आशा गरेअनुरुप राजस्व परिचालन हुन नसकेको र सार्वजनिक ऋणको दायित्व बढ्दै गएको बताए ।

उनले भने, “सरकारी खर्चको प्राथमिकीकरण हुन नसक्दा साधन स्रोत छरिने गरी विनियोजन गर्ने र आर्थिक वर्षको अन्त्यतिर खर्च गर्ने प्रवृत्ति कायमै छ । साधारण खर्च वृद्धि हुँदै गएको छ, आयोजना कार्यान्वयन कमजोर हुँदा पूँजीगत खर्च न्यून हुनाका साथै खर्चको प्रभावकारिता बढ्न सकेको छैन ।”

उक्त प्रस्तावमाथि यही वैशाख २५ र २६ छलफल हुनेछ । राष्ट्रिसभाका सदस्यले प्रस्तावमाथि उठाएको जिज्ञासाको अर्थमन्त्री डा महतले २६ गते जवाफ दिनेछन् । ती दुवै दिन अर्थमन्त्रीले राखेका प्रस्तावमाथि केन्द्रित भई छलफल हुने अध्यक्ष तिमिल्सिनाले सभालाई जानकारी गराए ।

सभामा उठाइएका विषयवस्तुको टिपोट गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालय र संसद् सचिवालयलाई बैठकमा निर्देशन दिइयो । राष्ट्रियसभाको अर्को बैठक यही सोमबार बिहान १० बजेर ३१ मिनेटमा बस्नेछ । रासस