अमेरिकामा रहेका नेपाली व्यवसायीहरूको समूहले अमेरिकी चेन होटल ‘ला क्विन्टा इन एन्ड हथोर्न एक्सटेन्डेड स्टे’ सञ्चालनमा ल्याएको छ। १०३ कोठाको यस होटलमा २ करोड ३० लाख अमेरिकी डलर लगानी रहेको बताइएको छ। अमेरिका। नेपालीहरूको जनसंख्या बढिरहेको नर्थ क्यारोलाइनाको मेबन शहरमा सेप्टेम्बर २४ मा आयोजित औपचारिक समारोहबीच होटल उद्घाटन गरिएको हो। स्थानीय व्यवसायी, समुदायका अगुवा तथा…