अमेरिका– नेपालवाट अमेरिका आउंदा पेन्सिल्भेनिया राज्यको फिलाडेल्फिया विमानस्थलवाट इमिग्रेशन एण्ड कस्टम इन्र्फोस्मेण्ट (आईसीई) हिरासतमा लिएका राष्ट्रिय स्वतन्त्र पार्टी आवद्ध मोहनजंग थापालाई अमेरिकाको चुनावसंग सम्वन्धित प्रश्नमा गलत उत्तर दिएको आरोप लगाईएको छ ।
उनलाई कानुनी परामर्श दिईरहेका वकिल खगेन्द्र जीसीका अनुसार कुनै एउटा फारम भर्दा उनले तपाई अमेरिकाको चुनावमा भोट हाल्नुहुन्छ भन्ने प्रश्नमा एस भन्ने उत्तर दिएको आरोप थापालाई लगाईएको छ ।
अमेरिकाको कानुन अनुसार ग्रिनकार्ड हुनेले अमेरिकाको चुनावमा भोट हाल्न पाउंदैनन । यहां मतदान गर्नका लागि नागरिकनै वन्नु पर्छ । तर, केही फारमहरुमा यस्तो प्रश्न राखिएको हुन्छ । कतिले नपढेर वा नवुझेर गतल स्थानमा रेजा लगाएका हुन्छन् ।
गल्तिवश पनि यो भएको हुनसक्छ अमेरिका भित्र आईसकेको अवस्था भएको भए यो ठुलो केस थिएन तर, अमेरिका नछिर्दै विमानस्थलमा पक्राउ गरिएको हुदां उनी गिरासत मुक्त हुन नसकेका हन् ।
उनलाई नेपाल फिर्ता गर्छ कि यही छाड्छ यो अहिले भन्न सकिदैंन । विमानस्थलमा समातिएकाले यो घटनामा वोण्डमा छुट्न समस्या भएको छ जीसीले भने । थापालाई अहिले पनि फिलाडेल्फिया संघीय हिरासत केन्द्रमा राखिएको छ । उनी एक महिना अघि पक्राउ परेका थिए ।
थापा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदश्य भएका थिए । उक्त पार्टीले केही समय यता उनी उक्त पदमा नरहेको जनाएको छ । उनी रास्वपा अध्यक्ष रवि निकट रहेको वताईएको छ । थापा पार्टी भित्र र वाहिर यस अघि पनि विवादमा परेका थिए । अमेरिकामा समेत उनको विगत विवादस्पद भएको समाचारहरुमा आएको थियो ।
सानो गल्तिमा पनि हिरासतमा नेपाली
विगतमा समान्य मानिएका गल्तिमा पनि इमिग्रेशन केश भएका नेपाली हिरासतमा परेको जीसीले वताएका छन् ।
गल्तिवश एकतर्फी वाटोमा गाडी लगेको आरोपमा समेत नेपालीलाई आईसीईले पक्राउ गरेको जीसीले वताए । एक तर्फी सडकमा गाडी छिराउनु खतरा हो गर्नै हुदैंन जीसीले भने यो इमिग्रेशनसंग सम्वन्धित विषय हुन पर्ने थिएन तर, पक्राउ गरिएको छ ।
यस्तै स्टोरमा काम गर्दा गल्तिवश कम उमेरकालाई चुरोट मदिरा विक्री गर्नेहरु पनि आईसीईको हिरासतमा पुगेका छन् समस्या आएको छ जीसीले भने ।
जसको इमिग्रेशन सम्वन्धि केश चलिरहेको छ भने नियम कानुन पालनामा होसियार हुनु पर्ने जीसीको सुझाव छ ।
कुनै फारम भर्दा पनि त्यहां भएका प्रश्न राम्ररी पढेर मात्र उत्तर दिनु पर्ने जीसीले वताए । अहिले खेलाची गर्ने वेला होइन जीसी भन्छन् समान्य कुरा पनि असमान्य हुन सक्छ ।
प्रतिक्रिया