नर्थक्यारोलिना (अमेरिका)- रियल्टर जितमान बस्नेतलाई अमेरिकी रियल स्टेट कम्पनी युनाइटेड रियल इस्टेटले इलाइट अवार्डबाट सम्मान गरेको छ । बस्नेत अमेरिका भरिकै २५ हजार रियल्टरहरु मध्येबाट छनौटमा परेका हुन ।
युनाइटेड रियल स्टेटले डयालसमा शनिवार आयोजित ५ सय भन्दा बढि रियल्टर उपस्थित सम्मेलनमा उनलाइ सम्मान गरेको हो ।
“निरन्तर मेहनत्, क्लाइन्टको बिश्वास्, साथीभाई, इष्टमित्रहरुको साथ सहयोगकै कारण म यहाँ पुगेको हु । यो अवार्ड उहाँहरुप्रति सर्मपित छ,” सम्मान लिएपछि उनले भने ।
नेपालमा पत्रकार हुँदै मानव अधिकारवादी वकिलको रुपमा करिब डेढ दशक पीडितका पक्षमा वकालत गदै आएका बस्नेत अमेरिकामा पुर्णकालिन रियल्टरको रुपमा कार्य गदै आएका छन । “जितमान सहयोगी छन्, मिलनसार छन अनि समाजिक सेवामा अग्रसर रहदै आएका छन्” नर्थ क्यारोलिनाको फुके भरिना बस्ने ङिमा पाख्रिनले भने।
जितमानले बिगत ३ बर्ष देखि उत्कृष्ट रियल्टर अवार्ड पाउदै आएका छन्। तर इलाइट तहमा भने यो बर्ष पुगेका हुन्। साथै उनले मिलिनियम क्लब अवार्ड र टप एजेन्ट सेल्स भोलुम गरि तीन अवार्डहरु प्राप्त गरेका छन। इलाइट अवार्ड प्राप्त गर्ने उनी नर्थ क्यारोलिना राज्यकै पहिलो हुन । उनी नर्थक्यारोलिनाको रालेस्थित युनाइटेड ट्रयाङगल कम्पनीमा आवद्द छन ।
सन २०१९ देखि रियल्टरको रुपमा कार्यरत उनी फुर्सदको समयमा सामाजिक सेवामा क्रियासिल रहन्छन। प्रवासमा नेपाली भाषा, सस्कृतिको जर्गेनामा लाग्दै आएका बस्नेतलाई यसै वर्ष हिमालयन कम्युनिटि नर्थक्यारोलिनाले पनि सम्मान गरेका छ । उनो विगत ३ बर्ष देखिन नेपालमा मेची महाकाली सेतो छडी अभियानमा जुटदै आएका छन । दृष्टि गुमाएका र कान नसुन्नेहरुलाइ सहयोग गर्ने उद्देश्य अनुसार नर्थ क्यारोलिना निवासि कर्मा शेर्पा गोले सङ्ग मिलेर यो अभियान शुरु गरेका हुन ।
कसरी शुरु भयो सेतो छडी अभियान ?
नर्थक्यारोलिना निबासि कर्मा शेर्पा गोलेले आफनो नियमित काम सकेर फुर्सदमा कपाल नेपालीहरुको कपाल काट्छन्। कर्माले जम्मा गरेको टिप्समाथि जितमान बस्नेतले आफनो कमाइको हिस्सा जोडेर विगत ३ बर्ष देखि नेपालमा दृष्टिविहिनहरुको सहयोगको लागी मेची महाकाली सेतो छडी अभियान शुरु गदै आएका छन । त्यस अभियानको लागी उनीहरुले नेपालमा क्रियासिल दृष्टिविहिनहरुको सस्था बाइट स्टाार सोसाइटीसंग हातेमालो गदै आएका छन ।
प्रतिक्रिया